Loktantra Khabar National Weekly
Ad

युवक हराएको‍ २८ दिनमा जंगलमा भेटियो कंकाल

लोकतन्त्र खबर
१७ श्रावण २०८१

काभ्रेमा जंगलमा मानव ‍कंकाल फेला परेको छ।

बुधबार साँझ पाँचखाल नगरपालिका तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले उक्त कंकाल स्थानीय  २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ।

उनी असार १८ गतेदेखि हराइरहेका थिए।

बुधबार जंगल गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

डिएसी श्रेष्ठका अनुसार कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्।

चप्पल लुगाको आधारमा मृतकको बुबाले शव पहिचान गरेका छन्,’ उनले भने, ‘पोस्टमर्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण पोष्टमर्टम रिपोर्टपछि मात्रै आउने  उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: