Loktantra Khabar National Weekly
Ad

संगीत गुरू गुरूदेव कामतको निधन

लोकतन्त्र खबर
१७ श्रावण २०८१

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ।

उनको बिहीबार बिहान ८ बजे सिरहास्थित आफ्नै घरमा  निधन भएको उनका पुराना मित्र कवि एवं मुक्तककार मुकुन्द पौडेलले बताए।

गुरुदेव कामत शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम हो। शास्त्रीय सङ्गीतमा जीवन समर्पित गरेका उनी केही समययता अस्वस्थ थिए। उनको दुवै मिर्गाैलामा समस्या देखिएपछि डायलासिस गराउँदै आएका थिए।

काठमाडौंमा उपचारका लागि आर्थिक अभावको सामना गर्नुपरेपछि उनी जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: