Loktantra Khabar National Weekly
Ad

पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु

लोकतन्त्र खबर
१६ श्रावण २०८१

काठमाडौं साउन १६ , पोखरीमा डुबेर चन्द्रागिरिमा १६ महिने बालकको मृत्यु भएको छ ।

मंगलबार चन्द्रागिरि नगरपालिका–२ बाडभञ्ज्याङस्थित पोखरीमा डुबेर रोल्पा स्थायी घर भएका श्रवण वली गम्भीर घाइते भएका थिए ।

रोल्पाको त्रिवेणी गाउँपालिका–१ घर भई बाडभञ्ज्याङ बस्दै आएकी झरना वलीका १६ महिनाका छोरा श्रवणको उपचारको क्रममा बुधबार कान्ति बाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: