Loktantra Khabar National Weekly
Ad

‘कल्की’ पछि गुजराती फिल्ममा देखिँदै अमिताभ बच्चन,

लोकतन्त्र खबर
१६ श्रावण २०८१

बलिउड अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि फिल्ममा काम गरिरहेका छन्।

हालै उनी फिल्म ‘कल्की २८९८ एडी’ मा देखिएका थिए। फिल्ममा उनले अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए। फिल्मलाई दर्शकसँगै समीक्षकले पनि रूचाएका थिए।

‘कल्की’ पछि उनी गुजराती फिल्ममा देखिने भएका छन्। मंगलबार उनको आगामी गुजराती फिल्म ‘फक्त पुरूषो माते’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनको भूमिकाको नाम कृष्णकान्त महेशलाल ब्रह्मानन्द विश्वस्वामी छ।

जय बोदास र पार्थ त्रिवेदी निर्देशित फिल्ममा अमिताभसँगै यश सोनी, मित्र गढवी, ईशा कन्सारा, दर्शन जरीवालालगायत कलाकारको अभिनय छ।

यो फिल्म २३ अगस्तदेखि प्रदर्शन हुनेछ।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: