Loktantra Khabar National Weekly
Ad

एअर होस्टेजलाई दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ

लोकतन्त्र खबर
१६ श्रावण २०८१

धनगढी साउन १६, धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१ का  शिवराज ओझा छन् ।

मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेजमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: