Loktantra Khabar National Weekly
Ad

बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदमाथि लगायो जरिवाना

लोकतन्त्र खबर
१५ श्रावण २०८१

भारतकाे बम्बई उच्च अदालतले योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलि आयुर्वेदलाई चार करोड रुपैयाँ भारुकाे जरिवाना लगाएको छ । अगस्त २०२३ मा दिएको आदेशको अवज्ञा गरेको भन्दै यो जरिवाना लगाएको हो । बम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपूर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिका कपूर उत्पादनहरूले यसको ट्रेडमार्क उल्लङ्घन गरिरहेको बताएको थियो । यस याचिकाको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपूरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि पतञ्जलिले कपूर उत्पादन बिक्री जारी राखेको निवेदकको दाबी छ ।

जुलाई २ मा पतञ्जलिले अदालतमा माफी माग्दै अदालतको फैसला पालना गर्ने बताएको थियो । तर कम्पनीले माफी मागे पनि कपूर उत्पादनको बिक्री जारी राखेको भन्दै उच्च अदालतले पतञ्जलिलाई ४ करोड रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: