काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा कपनबाट एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।
रिन्चोमाथि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनलाइन नेपाल
प्रतिक्रिया दिनुहोस्:

