Loktantra Khabar National Weekly
Ad

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

लोकतन्त्र खबर
१४ श्रावण २०८१

काठमाडौं । अमेरिकामा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ ।

नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार टेक्ससमा गोली हानेर हत्या गरेको हो ।

३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए।

लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अनलाइन नेपाल

 

 

प्रतिक्रिया दिनुहोस्: