Loktantra Khabar National Weekly
Ad

समयमा काम नसक्ने ४५ निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी

लोकतन्त्र खबर
१४ श्रावण २०८१

सडक डिभिजन कार्यालय चरिकोटले दोलखामा विभिन्न आयोजनाको ठेक्का लिएर समयमा काम नसक्ने निर्माण कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ।

कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न ४५ भन्दा बढी निर्माण कम्पनीलाई समयमा काम नसक्नुको कारण खुलाएर १५ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो।

तोकिएको समयभित्र उचित कारण खुलाइ लिखित जवाफसहित उपस्थित नभए अथवा पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभए ठेक्का तोडेर कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने चेतावनी कार्यालयले दिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: