Loktantra Khabar National Weekly
Ad

बागलुङबाट ५ नाल भरुवा बन्दुक बरामद

लोकतन्त्र खबर
८ श्रावण २०८१

बागलुङ । बागलुङको बडिगाडमा बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बडिगाड गाउँपालिका–३ को ताराङजा देउराली नजिकै बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक बरामद गरेको हो।

प्रहरी चौकी बरवाङबाट खटिएको टोलीले सोमबार उक्त हतियार फेला पारेको थियो।

स्थानीयले दिएको सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले साबुत २ र बेसाबुत ३ गरी ५ नाल भरुवा बन्दुक भेट्टाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीले ती बन्दुक जिल्ला प्रहरी कार्यालयमा पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अहिलेसम्म कोही व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ। अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: