Loktantra Khabar National Weekly
Ad

नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ

लोकतन्त्र खबर
३ श्रावण २०८१

काठमाडौं साउन ३ , साउन, काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।

भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा धुँवैधुवाँ भएको थियो ।

‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मतको काम भइरहेको छ,’ नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीले भने ।

अहिले अवस्था सामान्य छ । सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: