Loktantra Khabar National Weekly
Ad

चन्द्रागिरि केबलकार बीचमै रोकिँदा फसे यात्रु

लोकतन्त्र खबर
२ श्रावण २०८१

काठमाडौंको चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रुहरू फसेका छन्।

बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित केलबकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साढे २ बजे खबर भएपछि ९ नम्‍बर बाहिनी पशुपति बाहिनी मुख्यालय बलम्बुबाट १५ जनाको टोली खटिएको छ।

कति यात्रु छन् भन्ने खुलिसकेको छैन। ७-८ वटा डिब्बामा यात्रुहरू फसेको सह प्रवक्ता डिएसपी थापाले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: