
खराब जीवनशैली र खानपानले भोकमा कमी आउनु आम समस्या हो । तर, लामो समय भोक नलाग्दा स्वास्थ्यसम्बन्धी समस्या सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले भोक बढाउन अपनाउन सकिने केही घरेलु उपाय बारे जानौं–
सौंफ
भोकमा कमीको समस्याबाट राहत पाउन तपाईं सोंफसँग मिश्री चपाउनुहोस् । यसले तपाईंको पाचन शक्ति बढाउँछ । जसले गर्दा भोक लाग्ने गर्छ ।
ज्वानो
ज्वानो पनि हल्का मनतातो पानीसँग सेवन गर्न सकिन्छ । यसमा हुने तत्वले पनि पाचन प्रक्रिया बढाउँछ । जसले गर्दा भोक बढाउन सहयोग हुन्छ ।
भोक बढाउनका लागि तपाईं इमलीका पातहरुको चटनी पनि बनाएर खान सक्नुहुन्छ । यसमा हुने लैक्सटिव गुणहरु एकदमै लाभदायक हुन्छन् ।
अमला पाउडर
हल्का मनतातो पानीमा एक चम्चा अमला पाउडर राखेर राम्रोसँग मिसाउनुहोस् । त्यसपछि यसमा मह मिसाएर खानुहोस । यसले इम्यूनिटी बढाउनुका साथै भोक पनि लाग्छ ।
अदुवा
अदुवाको रसले पनि भोक बढाउँछ । साथमा यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । खाना खानुभन्दा केही अगाडि अदुवाको सानो टुक्रा खानु उपयुक्त हुन्छ । यात्रा डेली