
ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी छेउका टहरा हटाएको छ।
आइतबार दिउँसो ३ नम्बर वडास्थित नदी छेउमा सरकारी जग्गा मिचेर बनाइएका ८/९ टहरा हटाइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
उनका अनुसार कोरोना महामारीपछि एक व्यक्तिले उक्त जग्गा आफ्नो भन्दै टहरा बनाएर बसेका थिए। टहरा उनले अरू व्यक्तिहरूलाई भाडामा समेत लगाएका थिए।
‘पटकपटक जग्गा खाली गर्न सूचना गर्यौं तर हटाइएन। त्यसपछि हामीले हटाएका हौं,’ महर्जनले सेतोपाटीसँग भने।
महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा उक्त जग्गा खाली गराइएको हो। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: