Loktantra Khabar National Weekly
Ad

रौतहटमा दुई जनाको शव फेला

लोकतन्त्र खबर
२५ असार २०८१

रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ ।  माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव  फेला परेको छ ।  सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।

त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको छ। स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको  सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: