Loktantra Khabar National Weekly
Ad

कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता

लोकतन्त्र खबर
२५ असार २०८१

धनगढी  असार २४, कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिए पनि अहिलेसम्म राना नभेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए ।

यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ । अनलाइन खबर

 

 

प्रतिक्रिया दिनुहोस्: