Loktantra Khabar National Weekly
Ad

सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

लोकतन्त्र खबर
१९ असार २०८१

जनकपुरधाम  असार १८, सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार हिजो सोमबार दिउँसो करिब १ बजेदेखि खेल्ने क्रममा  दुवै बालक हराएका थिए । साँझ ५ बजे तिर प्रहरीलाई खबर आएपछि खोजबिन गर्दा आज मंगलबार बिहान साढे ८ बजेतिर स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेको डिएसपी सापकोटाले बताए ।

प्रहरीले शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: