Loktantra Khabar National Weekly
Ad

चट्याङ लागेर १० वर्षीय बालकको मृत्यु

लोकतन्त्र खबर
१२ असार २०८१

दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४  खाद्रेका १० वर्षीया सुवास विकको चट्याङ लागेर मृत्यु भएको हो।

सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास नजिकै चट्याङ परेको प्रहरीले जनाएको छ।

चट्याङको असरले सुवास बेहोस भएका थिए। उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याएलगत्तै साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: