Loktantra Khabar National Weekly
Ad

पटेर्वासुगौलीमा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई जना पक्राउ

लोकतन्त्र खबर
११ असार २०८१

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले प्रतिबन्धित लागुऔषध गाँजा चार किलोसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत युपि विहार राजस्थानका ४४ वर्षीय कृष्णलाल पाण्डे र जगरनाथपुर वडा नं. १ पिडारी निवासी ४२ वर्षीय शम्भु राम रहेका छन्।

प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा गएको गस्ती टोलीले आइतबार राति १० बजे जिराभवानी गाउँपालिका वडा नम्बर एक महादेवपट्टि स्थित ओरिया खोलाको बाटो हुँदै भारत जाँदै गरेको आर जे १३ एसओ २१८१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरी निरीक्षक थापाका अनुसार, मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: