Loktantra Khabar National Weekly
Ad

पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान

लोकतन्त्र खबर
७ असार २०८१

काठमाडौं असार ६ , पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरे सहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् ।

उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए ।

त्यसैगरी पक्राउ परी मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर रिहा भएको उनले बताए ।

६ जना विरुद्ध २ करोड ३० लाख १ हजार बिगो माग दाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: