Loktantra Khabar National Weekly
Ad

सुनकोशीमा बेपत्ता भए एक पुरूष

लोकतन्त्र खबर
७ असार २०८१

काभ्रे दोलालघाटस्थित नदीमा एक जना पुरूष बेपत्ता भएका छन्।

भुम्लु गाउँपालिका वडा नम्बर ८ दोलालघाटस्थित एक पुलबाट पुरूषले सुनकोशी नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

ती पुरूष बुधबार दिउँसो पौने २ बजेतिर पुलबाट हामफालेका थिए।

पुरूष अझै बेपत्ता छन्। उनको पहिचान खुलेको छैन।

प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: