
पूर्वी नवलपरासीमा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ९ बजेतिर मध्यविन्दु नगरपालिका वडा नम्बर ८ देवकोटा टोलमा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेद पौडेलले जानकारी दिए।
आक्रमणबाट मध्यविन्दु नगरपालिका-८ बस्ने ४५ वर्षीय देवा ठकुरी, २९ वर्षीया रूपा कुमाल र ३२ वर्षीय सुनिल जैसवाल छन्।
उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ।
मानिसहरूमाथि आक्रमण गरेर चितुवा भागेको डिएसपी पौडेलले बताए। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: