Loktantra Khabar National Weekly
Ad

टी–२० विश्वकपमा सहभागी हुन सन्दीप लामिछाने वेस्ट इन्डिजमा

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

वीरगञ्ज । जारी आईसीसी टी–२० विश्वकपमा सहभागी हुन पाएपछि सन्दीप लामिछानेले खुसी हुँदै यस अवसरका लागि वातावरण बनाउने सबैलाई धन्यवाद दिएका छन् ।

अमेरिकाको भिसा नपाउँदा विश्वकप खेल्नबाट वञ्चित भएका सन्दीप वेस्ट इन्डिजमा हुने विश्वकपका खेलमा भने सहभागी हुन पाएका हुन् । उनी शनिबार राति नै वेस्ट इन्डिज पुगिसकेका छन् ।

यो नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी तथा बलात्कार मुद्दामा सफाइ दिलाउन बहस गर्ने अधिवक्तालगायतको ठूलो प्रयासबाट सम्भव भएको भन्दै सन्दीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन् ।

‘मेरो यात्रा सम्भव बनाउन हाम्रा अध्यक्ष चुतरबदहाुर चन्द सर, सचिव तथा मेरा प्रिय दाइ पारस खड्का, वकिल सरोज के घिमिरे दाइ, विनोद दास दाइ, प्रबल गौतम दाइ तथा प्रिय बालकृष्ण लामिछाने दाइको असाधारण र समर्पित प्रयासका लािग अभार व्यक्त गर्छु’, सन्दीपले भनेका छन्, ‘आईसीसी र सम्बन्धित सबै आधिकारिक सञ्जालको समन्वयबाट म यो टी२० विश्वकमा भाग लिन सम्भव भएको हो ।’

तर अध्यक्ष चतुर र सचिव पारसजस्ता हस्तीको छवि धूमिल पार्न भइरहेको प्रयासले आफू दुःखी भएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कृपया मेरो भिसाका सम्बन्धमा भइरहेको झुटो प्रचारमा विश्वास नगर्नुहोला, जसको उपयोग मानिसहरूले क्यान र नेपाली क्रिकेटको छवि धमिलो बनाउन गरिरहेका छन् ।’

उनले अब वेस्ट इन्डिजमा हुने अन्तिम दुई खेलका लागि आफू राष्ट्रिय टोलीमा आबद्ध भएको उल्लेख गर्दै उनले आफू र क्रिकेटप्रेमी सबैको सपना पूरा गर्न तत्पर रहेको दाबी पनि गरेका छन् ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: