काठमाडौं जेठ २८, भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।
६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: