
जनकपुरधाम जेठ २८ , जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।
गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।
पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: