Loktantra Khabar National Weekly
Ad

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो ।

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।  उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्: