Loktantra Khabar National Weekly
Ad

विराटनगरमा विद्यार्थीहरूले जलाए योजना आयोगको गाडी

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

विराटनगर । मोरङको विराटनगरस्थित विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन्।

शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ।

त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: