Loktantra Khabar National Weekly
Ad

कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

धनगढी जेठ २४ , कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।

टLकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको  हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: