Loktantra Khabar National Weekly
Ad

वृद्धको हत्या गरी फरार रहेको आरोपमा काठमाडौंबाट आरोपी पक्राउ

लोकतन्त्र खबर
२३ जेष्ठ २०८१

दोलखामा एक जना वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीस्थित आफ्नै घर नजिकैको मसैबारीमा एक वृद्ध मृत फेला परेको घटनामा आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

७७ वर्षीय झिलकबहादुर विश्वकर्मा आइतबार बिहान पौने ५ बजे मृत फेला परेका थिए। उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

झिलकबहादुरको हत्या आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँबाट ५० वर्षीय गणेश घिमिरेलाई पक्राउ गरेको हो।

उनी भिमेश्वर नगरपालिका वडा नम्बर १ का स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालय चरिकोटले उनी फरार रहेको भन्दै प्रहरी वृत्त मालिगाउँलाई पत्र पठाएको थियो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: