Loktantra Khabar National Weekly
Ad

मह भन्दै लागुऔषध ओर्सान पठाओ राइडरको प्रयोग

लोकतन्त्र खबर
२२ जेष्ठ २०८१

काठमाडौं  जेठ २२, लागुऔषध ओसारपसार गर्न राइड शेयरिङ व्यवसाय पठाओको प्रयोग गर्न गरिएको खुलेको छ ।

बाहिरी जिल्लाबाट काठमाडौं भित्रिएको लागुऔषध गन्तव्यसम्म पुर्‍याउन पठाओ राइडरलाई भरियाको रुपमा प्रयोग गरिएको खुलेको छ ।

पठाओलाई लागुऔषध ओर्सान लगाउने महिला र बाहिरी जिल्लाबाट लागुऔषध लिएर आउने युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका-९ स्थित २७ वर्षीय मेघबहादुर ठकुरी र बागमती-४ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीया नाना र माया नामले चिनिने सक्कली डिमडुङ छिन् ।

सोमबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना६ख ४५४० नम्बरको यात्रुबाहक बसलाई नागढुंगामा प्रहरीले जाँच गर्दा ट्याब्लेट र झोल लागुऔषध बरामद भएको थियो । उक्त लागुऔषध ठकुरी लिएर आएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

ठकुरीले उक्त लागुऔषध नानालाई दिन ल्याएको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा नानाले पठाओ राइडरलाई पैसा दिएर उक्त लागुऔषध ल्याउन पठाएको खुलेको छ ।

सीसीको बोतलमा मह आएको छ भन्दै पठाओ राइडरलाई लागुऔषध बोक्न प्रयोग गरिएको खुलेको छ ।

पठाओ राइडरले लागुऔषध रिसिभ गर्नुभन्दा पहिले नै प्रहरीले लागुऔषध बरामद गरेको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: