Loktantra Khabar National Weekly
Ad

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

काठमाडौं जेठ २० ,काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

श्री एयरलाइन्सका अनुसार जाँचका क्रममा एक यात्रुले साथमा झोल औषधी लगेको र सो वस्तु पोखिँदा इन्धनको जस्तै गन्ध आएको पाइएको छ । त्यसपछि जहाजको सुरक्षाका लागि जाँच गराउन उडान रोकिएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: