Loktantra Khabar National Weekly
Ad

पोखरामा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

काठमाडौं जेठ १५ , पोखरा महानगरपालिका-८ जाल्पारोडमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुको उद्धार गरिएको छ ।

४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्‍यक्तिले नवजात शिशु छाडेर फरार भएको सूचनाका आधारमा पोखराको सृजनाचोकबाट खटिएको प्रहरीले नवजात शिशुको उद्धार गरिएको हो ।

प्रहरीका अनुसार नवजात शिशुलाई उद्धार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: