Loktantra Khabar National Weekly
Ad

धनुषामा इनारमा निसास्सिएर मृत्य

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

धनुषामा इनार सफा गर्ने क्रममा एक जनाको निसास्सिएर मृत्यु भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ का ३० वर्षीय रामप्रसाद शर्माको मृत्यु भएको छ । ४० मिटर गहिरो इनार सफा गर्न पसेका शर्माको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका प्रहरी निरीक्षक सुरेश लामाले जानकारी दिए । उनका अनुसार उनी बुधबार बिहान सोही नगरपालिका–४ भरतपुर स्थित उदगारी यादवको इनार सफा गर्न इनार भित्र पसेका थिए ।

सोही क्रममा उनको निसास्सिएर मृत्यु भएको थियो । घटनाबारे प्रहरीलाई खबर प्राप्त भएपछि सुरक्षा वेश रघुनाथपुर र धनुषा गण नम्बर–८ बाट खटिएको ४ जना गोताखोरसहित ११ जनाको विपद् उद्धार टोली घटना स्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्: