Loktantra Khabar National Weekly
Ad

कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

लोकतन्त्र खबर
१० जेष्ठ २०८१

धनगढी जेठ १० , कैलालीमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए ।

करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: