Loktantra Khabar National Weekly
Ad

वडाध्यक्षमाथि कार्यकक्षमै त्रिशुल प्रहार

लोकतन्त्र खबर
९ जेष्ठ २०८१

दाङमा वडाध्यक्षमाथि त्रिशुल प्रहार भएको छ।

राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार अपराह्न साढे ४ बजे एक युवकले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन्।

त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते भएका छन्।

उनलाई मंगलबार लमही अस्पताल पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपश्चात घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार वडाध्यक्ष विष्टको दाहिने कोखामा त्रिशुल प्रहार भएको हो।

उनीमाथि त्रिशुल प्रहार गर्ने राजपुर–६ खयर भट्टीका २० वर्षीय विजय नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

पक्राउ परेका युवकले आफूलाई साधु दाबी गरेको प्रहरीले जनाएको छ।

उनी ४/५ महिनायता बाबकुटी जंगलमा बस्दै आइरहेको पनि प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: