Loktantra Khabar National Weekly
Ad

काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरी प्रहरीको नियन्त्रणमा

लोकतन्त्र खबर
८ जेष्ठ २०८१

काठमाडौं जेठ ८ , काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

नगरकोटीका छोरा भने काठमाडौंको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: