Loktantra Khabar National Weekly
Ad

बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

लोकतन्त्र खबर
६ जेष्ठ २०८१

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज  बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ । भने २ महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपाली रहेको  इलाका  प्रहरी कार्यालय बुटवलले जनाएको  छ। अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर   दिएको थियो ।

उक्त  एम्बुलेन्स ठक्करबाट पैदल हिँडेका सोही ठाउँका ५५ बर्सिया कमला नेपाली र ३५ बर्सिया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: