Loktantra Khabar National Weekly
Ad

चीनको ग्वाङ्जाओस्थित अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपालको सहभागिता

लोकतन्त्र खबर
६ जेष्ठ २०८१

नेपाल पर्यटन बोर्ड ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’बाट सम्मानित

चीनको ग्वाङ्जाओमा आयोजित ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जिआइटिएफ) २०२४, मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’ प्रदान गरिएको छ।

मे १६ देखि सुरू भएको ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको छ।

कोभिड महामारीपछि जिआइटिएफमा नेपालको यो पहिलो सहभागिता हो।

उद्घाटन समारोहमा ग्वाङ्जाओका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी थिए। सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे बताए।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपालको सहभागिताले पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने बोर्डले अपेक्षा छ।

जेठ ३ देखि ५ अर्थात् मे १६ देखि १८ सम्म सञ्चालन भएको फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबण्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी)बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्जाओ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जिआइटिएफ)बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ।

नेपालबाट सहभागी जुगल होलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी बोर्डका अधिकृत प्रदीप गैरेले जानकारी दिए। नेपालले यस अघि सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट( एटीएम–२०२४) को ३१ औं संस्करणमा सहभागिता जनाएको थियो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: