Loktantra Khabar National Weekly
Ad

इजरायली सेनाले गाजामा आफ्नै पाँच सैनिकको हत्या गर्‍यो

लोकतन्त्र खबर
४ जेष्ठ २०८१

काठमाडौं । इजरायली सेनाले इजरायली ट्याङ्कको आक्रमणमा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी गाजाको हो ।

जबलिया शरणार्थी शिविरमा इजरायली सेनाका दुईवटा ट्याङ्कले गोली चलाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इजरायली सेना हमास लडाकुहरू पुन: संगठित भएको खबरका कारण यस ठाउँमा गएको थियो।

यस क्षेत्रका हजारौं प्यालेस्टिनीहरू बमबारीका कारण आफ्नो घर छाड्न बाध्य छन्।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो ।

यसको जवाफमा इजरायलको सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । डिसी नेपाल

प्रतिक्रिया दिनुहोस्: