सुनसरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
बिहीबार राति साढे ७ बजे रामधुनी नगरपालिका वडा नम्बर ६ इचौलमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो।
एसएसपी गोविन्द थपलियाका अनुसार गोली लागेर एक जना घाइते भएका छन्।
सप्तरी सप्तकोशी नगरपालिका वडा नम्बर ५ बस्ने श्यामसुन्दर मण्डल घाइते छन्। उनको खुट्टामा गोली लागेको छ।
त्यस्तै इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का श्यामप्रसाद निरौला पक्राउ परेका छन्।
उनीहरूले फलामको रडले प्रहरीमाथि प्रहार गर्न खोज्दा गोली चलाएको एसएसपी थपलियाले बताए।
प्रहरीले उनीहरूबाट २१०.७ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

