Loktantra Khabar National Weekly
Ad

ललितपुरको कुपन्डोलमा सहकारी भएको भवनमा आगलागी

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

ललितपुरको कुपन्डोलमा आगलागी भएको छ।

ललितपुर महानगरपालिका-१० कानदेवता स्थित हाम्रो सगरमाथा बहुउद्धेश्यीय सहकारी लिमिटेड रहेको भवनमा बिहीबार बिहान आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएका छन्।

‘८ तले भवनको छैटौं तलामा आगो लागेको हो। अहिले नियन्त्रणा आइसकेको छ,’ उनले भने।

एसपी सुवेदीका अनुसार छैटौं तलामा धुँवा पुतपुताएको जस्तो देखिनासाथ दमकल र सुरक्षाकर्मी पुगेका थिए।

ललितपुर महानगरपालिकाका तीन वटा दमकल प्रयोग गरी आगो निभाइएको उनले बताए।

उक्त भवनमा तीन वटा सहकारी छन्। आगो भने सगरमाथा सहकारी भएको तलामा लागेको हो।

क्षति के कस्तो भएको भन्ने संकलन भइरहेको एसपी सुवेदीले जानकारी दिए। आगलागीको कारण पनि खुलेको छैन।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: