Loktantra Khabar National Weekly
Ad

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू उत्रिए सडकमा

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्।

स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो।

त्यसलाई एक महिनामा कार्यान्वयन गर्ने भनिएको थियो। तर सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै अपांगता भएका व्यक्तिहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: