बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ।
मंगलबार बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको हो।
दुई दाजुभाइ सोमबार मात्रै भारतबाट ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ।
प्रहरीका अनुसार १६ वर्षीय दिपेश परियारको बबई नदीबाट शव निकालिएको थियो भने १८ वर्षीय दीपक परियारको उद्धार गरेर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
शव पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजयजंग थापाले जानकारी दिए। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: