Loktantra Khabar National Weekly
Ad

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरिएको रिट खारेज

लोकतन्त्र खबर
३१ बैशाख २०८१

काठमाडौं  वैशाख ३१, भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको रिट खारेज गरेको छ ।

रिटमा मदिरा नीतिसम्बन्धी मुद्दामा पक्राउ परेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनुपर्ने माग गरिएको थियो । तर सर्वोच्च अदालतले यो रिट खारेज गरिदियो ।

न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च अदालतको निर्णयमा सर्वोच्चले हस्तक्षेप गर्न नसक्ने तर्क गरेका छन् । यसमा सर्वोच्चले नभएर दिल्लीका गभर्नरले भने हस्तक्षेप गर्न सक्ने उनीहरूको व्याख्या छ ।

भारतको ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो। पक्राउ परेपछि केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

जारी निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले अन्तरिम जमानत दिए पनि केजरीवाल जुन १ मा पुनः जेल जानुपर्नेछ ।

यस्तै अभियोगमा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जेलमा छन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंह भने जमानतमा छन्। अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: