Loktantra Khabar National Weekly
Ad

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

लोकतन्त्र खबर
२८ बैशाख २०८१

काठमाडौं  वैशाख २८, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी  फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: