Loktantra Khabar National Weekly
Ad

जावलाखेलमा सफाचट शौचालय

लोकतन्त्र खबर
२७ बैशाख २०८१

नुहाउने पनि सुविधा

ललितपुरको महानगरपालिका-४ जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ।

बिहीबारदेखि शौचालय सञ्चालनमा ल्याइएको हो।

ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी शौचालय बनाएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले आपांगमैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री बनेको बताएका छन्। साथै शौचालयमा सेनेटरी प्याड राखिने उनले बताए।

‘शिशुलाई स्तनपान गराउन छुट्टै कोठा बनाइएको छ,’  उनले भने।

शौचालय भन्नेबित्तिकै फोहोर हुन्छ भन्ने धारणलाई ललितपुर महानगरपालिले चिरेको मेयर महर्जनले बताए।

शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरु निमार्ण भएको छ। डेढ वर्षअघि आफू बंगलादेश पुग्दा त्यहाँको भन्दा आफ्नै ठाउँको शौचालयहरू सफा र राम्रो लागेको अनुभव सुनाए।

यसअघि मंगलबजार पाटनढोकामा बनिसकेको छ। लगनखेलमा पनि यस्तै शौचालय बनाउने तयारी भइरहेको जानकारी दिए।

एक वडामा एक सार्वजनिक शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ। वडा नं.८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ।

महानगरका इन्जिनियरका अनुसार वडा नंं.८, ९, २४, १० ,२ मा बनेका शौचालयमा ’फिनिसिङ’को काम भइरहेको छ भने वडा नं.२५ र २७ लेआउट र स्ट्रकचरको काम भइरहेको उनले बताए।

वडाध्यक्ष सन्तोष खड्काले पनि जनसंख्याको अत्याधिक चाप बढिरहँदा सुविधा सम्पन्न शौचालयले नागरिक लाभान्वित हुने बताए।

‘चिडियाखान नजिकै रहेकाले शौचालय खोज्ने धेरै हुन्छन्,’ उनले भने, ‘तीनचार वटा मोबाइल शौचालय हुँदापनि पुगेको थिएन।’

सुविधासम्पन्न शौचालयले यात्रुलाई सहज बनाउने उनको अपेक्षा छ।

शौचालय उद्दघाटनमा बोल्दै एरोशानका अध्यक्ष सोनी श्रेष्ठले पनि शौचालय निर्माणमा गर्दा त्यहाँ प्रयोग हुने संरचनालाई ध्यान दिइएको छ।

शौचालय सफा र व्यवस्थित गर्न प्रयोगकर्ताको महत्वपूर्ण भूमिका हुने उनले जानकारी दिए।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: