Loktantra Khabar National Weekly
Ad

धनुषामा करेन्ट लागेर युवकको मृत्यु

लोकतन्त्र खबर
२७ बैशाख २०८१

जनकपुरधाम  वैशाख २७, धनुषामा निलगाईबाट बाली संरक्षण गर्न खेतमा थापेको विद्युत धरापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–२, धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् ।

आज बिहान साढे ६ बजे उनको मृत्यु भएको खबर प्रहरीलाई प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

स्थानीय पदम लामाले आफ्नो खेतमा निलगाईबाट परबल खेती संरक्षण गर्न लगाएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घाँस लिन निस्केका अमरेश अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खाजबिन थालेको थियो ।

खोजबिनको क्रममा आज बिहान करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: