Loktantra Khabar National Weekly
Ad

गौरीगङ्गामा अवैध काठ बरामद

लोकतन्त्र खबर
२६ बैशाख २०८१

धनगढी । कैलालीमा अवैध काठ बरामद भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–९ बनखेतमा रहेको गौरीगङ्गा सामुदायिक साझेदारी वनभित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अवैध काठ बरामद गरिएको हो ।

उक्त काठ इलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ ।

पछिल्लो समय कैलालीका विभिन्न सामुदायिक वनमा चोरी सिकार तथा अवैध काठ कटानी हुँदै आएको बताइएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: