Loktantra Khabar National Weekly
Ad

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

लोकतन्त्र खबर
२६ बैशाख २०८१

आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा  चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: