
संखुवासभा वैशाख २५ , जबरजस्ती करणी मुद्दा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भन्ने अभिमान सिंह आले रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत संखुवासभाले म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा चिनाजान गरी खाँदवारीस्थित एक होटलमा महिलामाथि जबरजस्ती करणी गरी फरार रहेको प्रहरीको आरोप छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: